इंग्लिस विंगर ओलिस बायर्नमा

22 Jun, 2024

इंग्लिस युवा विंगर मिचेल ओलिस जर्मन क्लब बायर्न म्युनिखमा आबद्ध भएका छन्। प्रिमियर लिग क्लब क्रिस्टल प्यालेसका २२ विंगर ओलिसले बायर्नसँग ५ वर्षको सम्झौता गरेका छन्।

ट्रान्सफर मार्केटका विशेषयज्ञ इटालियन पत्रकार फाब्रिसियो रोमानोका अनुसार ओलिसका लागि बायर्नले ४५ मिलियन पाउण्ड खर्चिएको छ। साथै उसले थप ५ मिलियन पनि क्रिस्टल प्यालेसलाई दिने छ।

इंग्लायन्डको युरोकप टिममा रहेका ओलिसलाई भित्र्याउन म्यान्चेस्टर युनाइटेड, चेल्सीले पनि चासो देखाएका थिए।

क्रिस्टल प्यालेसका लागि तीन सिजनमा ९० खेल खेल्दै १६ गोल गरेका छन्। उनले इंग्लिस टिममा डेब्यू गर्न भने पाएका छैनन्।

[dsm_facebook_comments page_url=”@ET-DC@eyJkeW5hbWljIjp0cnVlLCJjb250ZW50IjoicG9zdF9saW5rX3VybCIsInNldHRpbmdzIjp7fX0=@” color_scheme=”dark” order_by=”time” _builder_version=”4.24.2″ _dynamic_attributes=”page_url” _module_preset=”default” custom_padding=”0px||0px||false|false” global_colors_info=”{}”][/dsm_facebook_comments]