युरोकपमा बेल्जियम विजयी

23 Jun, 2024
Share:
117 Shares

जारी युरोकपको समूह चरणमा बेल्जियमले पहिलो जित निकालेको छ। शनिबार राति भएको खेलमा बेल्जियमले रोमानियामाथि २–०को जित निकाल्यो।

यो जितसँगै बेल्जियमको नकआउट सम्भावना जिवितै छ। यसअघि पहिलो खेलमा बेलिज्यम स्लोभाकियासँग अप्रत्यासित रुपमा १–०ले पराजित भएको थियो।

बेल्जियमको जितमा कप्तान केभिन डे ब्रुयन र योरी टेलेमन्सले गोल गरे। टेलेमन्सले खेलको दोस्रो मिनेटमै गोल गर्दै बेल्जिमलाई अग्रता दिलाएका थिए। उनलाई डे ब्रयनले नै पास उपलब्ध गराएका थिए।

७९औं मिनेटमा डे ब्रुयनले नै टिमको अग्रता दोब्बर बनाए। त्यसपछि गोल नहुँदा बेल्जियम विजयी भयो।

बेल्जियमसँग पराजित भएपनि रोमानिया समूह ईको शीर्ष स्थानमा छ। यो समूहमा चारै टिम रोमानिया, बेल्जियम, स्लोभाकिया र युक्रेनको समान ३ अंक छ। गोलअन्तरमा रोमानिया पहिलो, बेल्जियम दोस्रो र स्लोभाकिया तेस्रो र युक्रेन पुछारमा छ।

समूहको अन्तिम खेलमा बेल्जियम र युक्रेन तथा रोमानिया र स्लोभाकिया भीड्ने छन्।