कोपा अमेरिकामा पाराग्वेमाथि कोलम्बियाको जित

25 Jun, 2024

जारी कोपा अमेरिकामा कोलम्बिायाले विजयी सुरुवात गरेको छ। मंगलबार बिहान भएको खेलमो कोलम्बियाले पाराग्वेलाई २–१ ले हरायोर

कोलम्बियाको जितमा डानिअल मुनोज र जेफर्सन लेर्माले गोल गर्दा पाराग्वेका लागि जुलियो इनासियोले गोल गरे।

३२औं मिनेटमा जेम्स रोड्रिगेजको पासमा मुनोजले गोल गर्दै कोलम्बियालाई सुरुवाती अग्रता दिलाएका थिए। ४२औं मिनेटमा रोड्रिगेजकै पासमा जेफर्सनले गोल गर्दै पहिलो हाफमै कोलम्बियालाई २–०को अग्रता दिलाए।

तर, ६९औं मिनेटमा गोल गर्दै पाराग्वेले खेलमा फर्कने प्रयास गरेको थियो। उसका लािग इनासियोले रामोन सोसाको पासमा गोल गरेका थिए। तर, त्यसपछि गोल नहुँदा कोलम्बिया विजयी भयो।

[dsm_facebook_comments page_url=”@ET-DC@eyJkeW5hbWljIjp0cnVlLCJjb250ZW50IjoicG9zdF9saW5rX3VybCIsInNldHRpbmdzIjp7fX0=@” color_scheme=”dark” order_by=”time” _builder_version=”4.24.2″ _dynamic_attributes=”page_url” _module_preset=”default” custom_padding=”0px||0px||false|false” global_colors_info=”{}”][/dsm_facebook_comments]