मार्टिनेजको गोलमा अर्जेन्टिना विजयी, क्वार्टरफाइनल पुग्यो

26 Jun, 2024

कोपा अमेरिकामा अर्जेन्टिनाले लगतार दोस्रो जित निकालेको छ। प्रतियोगितामा लागतार दोस्रो जित निकाल्ने क्रममा लाउटारो मार्टिनेजको निर्णायक गोल मद्दतमा अर्जेन्टिनाले चिलीमाथि १–०को जित निकाल्यो।

यो जितसँगै अर्जेन्टिना क्वार्टरफाइलनमा प्रवेश गरेको छ।

६० प्रतिशत बल आफ्नो नियन्त्रणमा राखेको अर्जेन्टिनाले गोलका लागि भने निकै संघर्ष गर्नु परेको थियो। अर्जेन्टिनाका लागि ८८ औं मिनेटमा लाउटारो मार्टिनेजले सेन्टरबाट आएको पासलाई गोलमा परिणत गरेका थिए। सोही गोल ३ अंक दिलाउन पर्याप्त रह्यो।

यही समूहको अर्को खेलमा क्यानडा बिजयस् भयो। उसले पेरुमाथि १–०को जित निकल्यो। पेरु ५९ औं मिनेटमा १० खेलाडीमा समेटिएपछि दबाबमा परेको थियो। क्यानडाका जोनाथन डेभिडले ७४ औं मिनेटमा गोल गरेका थिए।

क्यानडा क्यानडा ३ अंकसहित दोस्रो स्थानमा छ।

[dsm_facebook_comments page_url=”@ET-DC@eyJkeW5hbWljIjp0cnVlLCJjb250ZW50IjoicG9zdF9saW5rX3VybCIsInNldHRpbmdzIjp7fX0=@” color_scheme=”dark” order_by=”time” _builder_version=”4.24.2″ _dynamic_attributes=”page_url” _module_preset=”default” custom_padding=”0px||0px||false|false” global_colors_info=”{}”][/dsm_facebook_comments]