समान ४ अंक जोडेका रोमानिया, बेल्जियम र स्लोभाकिया नकआउटमा, ४ अंक नै भएको युक्रेन बाहिरियो

27 Jun, 2024

जारी युरोकपको समूह ई निकै रोमाञ्चक रह्यो। यो समूहमा रहेका रोमानिया, बेल्जियम, स्लोभाकिया र युक्रेन सबैले समान ४ अंक जोडे।

यो समूहमा सबै टिमले समान १ जित, १ बरारबी र १ हारको समाना गरे। समान अंक जोडेका रोमानिया, बेल्जियम र स्लोभाकिया नकआउटमा पुग्दा समान अंक नै जोडे पनि युक्रेन भने समूह चरणबाटै बाहिरियो।

समूहको अन्तिम खेलमा बुधबार राति रोमानिया र स्लोभाकियाले १–१ गोलको बराबरी खेल्दा बेल्जियम र युक्रेनले गोलरहित बराबरी खेले।

समूहको शीर्ष स्थानमा रहेको रोमानियाले नकआउटमा नेदरल्यान्ड्सको समाना गर्ने छ। नेदरल्यान्ड्स समूह डीमा तेस्रो हुँदै नकआउट पुगेको हो। यस्तै, उपविजेता बनेको बेल्जियमले बलियो फ्रान्सलाई प्रतिद्वन्द्वीका रुपमा पाएको छ। फ्रान्स समूह डीको विजेता हो।

यता, स्लोभाकियाले समूह एफको विजेता पोर्चुगलको सामाना गर्नेछ।

[dsm_facebook_comments page_url=”@ET-DC@eyJkeW5hbWljIjp0cnVlLCJjb250ZW50IjoicG9zdF9saW5rX3VybCIsInNldHRpbmdzIjp7fX0=@” color_scheme=”dark” order_by=”time” _builder_version=”4.24.2″ _dynamic_attributes=”page_url” _module_preset=”default” custom_padding=”0px||0px||false|false” global_colors_info=”{}”][/dsm_facebook_comments]