भारतलाई १७ वर्षपछि च्याम्पियन बनाउन प्रतियोगिताभर म्याजिकल प्रदर्शन गरेका फास्ट बलर जस्प्रित बुमराह टि-२० विश्वकपको सर्वोत्कृष्ट खेलाडी बनेका छन्।
फाइनलमा दक्षिण अफ्रिकाविरुद्ध पनि महत्वपूर्ण २ विकेट लिएका बुमराले ८ खेलमा कुल १५ विकेट लिए। प्रतियोगितामा उनको इकोनोमी ४.१७ मात्र छ।
सर्वाधिक विकेट लिने सूचीमा बुमराम तेस्रो स्थानमा रहे। उनीभन्दा अघि समान १७ विकेट लिएका अफगानिस्तानका फजलहक फारुकी र भारतकै अर्सदीप सिंह छन्।
यस्तै, सर्वाधिक रन बनाउने सूचीको शीर्ष स्थानमा अफगानिस्तानकै रमनुल्लाह गुर्बाज छन्। उनले ८ खेलमा ३ अर्धशतक मद्दतमा २८१ रन बनाए। उनी भन्दा पछि २५७ रन बनाएका भारतीय कप्तान छन्।