विराट र रोहितपछि जडेजाले पनि लिए सन्न्यास

30 Jun, 2024
Share:
117 Shares

आईसीसी टी–२० विश्वकप जितेसँगै भारतीय अलराउण्डर रविन्द्र जडेजाले पनि टि–२० अन्तर्राष्ट्रियबाट सन्न्यासको घोषणा गरेका छन्।

भारतले शनिबार राति दक्षिण अफ्रिकालाई ७ रनले हराउँदै उपाधि जितेको १७ वर्षपछि टि–२० विश्वकप जितेको थियो।

उक्त विश्वकप जितेलगत्तै कप्तान रोहित शर्मा र विराट कोहलीले टी–२० आईबाट सन्न्यासको घोषणा गरेका थिए। रवीन्द्र जडेजाले भने केही समयपछि सामाजिक सञ्जालमार्फत टी–२० आईबाट सन्न्यासको घोषणा गरेका हुन्।

३५ वर्षीय जडेजाले ७४ टी–२० आई खेलमा ५४ विकेट लिनुको साथै ५१५ रन बनाएका छन्। उनले सन् २००९ मा श्रीलंकाविरुद्ध कोलोम्बोमा टी–२० आईमा डेब्यू गरेका थिए ।

‘कृतज्ञताका साथ टी–२० अन्तर्राष्ट्रिय खेललाई अलबिदा। मैले मेरो देशका लागि सधैँ आफ्नो उत्कृष्ट प्रदर्शन गरेँ र त्यसलाई अन्य ढाँचाहरूमा पनि जारी राख्नेछु । टी–२० विश्वकप जित्नु सपनाजस्तै थियो । तपाईंहरूको अटल विश्वासका लागि धन्यवाद, उनले लेखेका छन् ।

टि–२० बाट विदा लिएपछि जडेजा एकदिवसीय र टेस्ट क्रिकेटमा भारतीय जर्सीमा देखिने छन्।