आत्मघाती गोलमा बेल्जियमलाई हराउँदै फ्रान्स क्वार्टरफाइनलमा

2 Jul, 2024
Share:
117 Shares

फ्रान्स जर्मनीमा जारी युरोकप फुटबलको क्वार्टरफाइनमा प्रवेश गरेको छन्। सोमबार राति भएको खेलमा फ्रान्सले आत्मघाती गोलको मद्दतमा बेल्जियमलाई १–०ले हरायो।

बराबरीतर्फ उन्मूख खेलमा ८५औं मिनेटमा बेलिज्यमका डिफेन्डर जोन भेर्टोनगेनले आत्मघाती गोलका थिए। फ्रेन्च विंगर रान्डल कोलो मुआनीले गरेको प्रहार भेट्रोनगेनको खुट्टामा डिफेक्ट हुँदै गोल भएको थिाये।

त्यसपछि गोल नहुँदा फ्रान्स क्वार्टरफाइनल पुग्यो।

खेलमा फ्रान्सले ५६ प्रतिशत बल पोजेसन बनाउँदै १९ सट प्रहार गर्दा २ सट मात्र फ्रेममा थियो। यता बेल्जियमले ५ सट प्रहार गर्दा २ सट फ्रेममा थियो।

अब क्वार्टरफाइनलमा फ्रान्सले पोर्चुगलको सामाना गर्ने छ।