कोपा अमेरिकाको नकआउटमा निर्धारित समयको खेल बराबरी भए सिधै पेनाल्टी सुटआउट हुने

4 Jul, 2024
Share:
117 Shares

कोपा अमेरिका चलिहरँदा दक्षिण अमेरिका फुटबल एसोसिएशन (कोन्मेबोल)ले नियम परितर्वत गरेका छन्। अमेरिकामा जारी प्रतियोगितामा भोलिबाट नकआउट चरण सुरु हुँदैछ।

नकआउट चरण सुरु हुनै लाग्दा कोन्मेबोलले नकअकाउटमा अतरिक्त समय हटाएको छ। अब निर्धारित ९० मिनेटको खेल बराबरी भए खेल सिधै पेनाल्टी सुटआउटमा जाने छ।

फिफाका अन्य प्रतियोगितामा नकआउटमा खेल बराबरी भए थप ३० मिनेट खेल हुने र त्यसपछि मात्र पेनाल्टी सुटआउट हुने व्यवस्था छ।

अमेरिकामा जारी प्रतियोगिता भोलि बिहानबाट क्वार्टरफाइलनका खेल सुरु हुनेछ। नेपाली समयअनुसार बिहान ६ः४५ बजे हुने पहिलो क्वार्टरफाइलनमा डिफेन्डिङ च्याम्पियन अर्जेन्टिना र इक्वेडरको सामाना गर्ने छ।

यस्तै, अन्य क्वार्टरफाइनलमा भेनेजुएला र क्यानडा, कोलम्बिया र पानामा तथा ब्राजिल र उरुग्वे भीड्ने छन्।