टेन ह्याग युनाइटेडमै रहने

4 Jul, 2024
Share:
117 Shares

प्रशिक्षक एरिक टेन ह्याग म्यानचेष्टर युनाइटेडमै रहने भएका छन्। टेन ह्यागले युनाइटेडसँगको सम्झौता नवीकरण गरेको छ।

प्रिमियर लिगमा निरन्तर खराब प्रदर्शन गरेपछि टेन ह्याग बर्खास्तीमा पर्ने धेरैले अुनमान गरेका थिए। यो सिजन युनाइटेड च्याम्पियन्स लिगमा पनि छनोट हुन असफल भएको थियो।

तर, सिजनको अन्त्यमा एफएकप उपाधि दिलाएपछि टेन ह्यागको जागिर जोगिएको हो। उसले फाइलनमा म्यान्चेस्टर सिटीलाई हराएको थियो।

टेन ह्यागले सन् २०२६ सम्मका लागि सम्झौता नवीकरण गरेका छन्। सन् २०२२ मा युनाइटेड आएका ह्यागको सम्झौता २०२५ सम्म थियो।

हेन ह्यागले युनाइटेडलाई दुवै सिजन उपाधि दिलाए पनि उनको प्रशिक्षणमा लिगमा भने क्लब प्रदर्शन निरिन्तर खस्कँदो छ।