पोर्चुगल पेनाल्टीमा स्तब्ध, फ्रान्स सेमिफाइनलमा

6 Jul, 2024
Share:
117 Shares

स्टार स्ट्राइकर क्रिस्टियानो रोनाल्डोको कप्तानीमा रहेको पोर्चुगल जारी युरोकपको क्वार्टरफाइनलबाटै बाहिरिएको छ। शुक्रबार राति भएको खेलमा पेनाल्टी सुटआउट चुकेपछि पोर्चुगल क्वार्टरफाइनलमै रोकिएको हो।

जोआ फेलिक्सले पेनाल्टी मिस गरेपछि पोर्चुगल फ्रान्ससँग सुटआउटमा ५–३ले पराजित भयो। योसँगै रोनाल्डोको युरोकप यात्रा समाप्त भएको छ। लगातार ६ युरोकप खेलेको रोनाल्डोको यो अन्तिम युरोकप थियो।

निर्धारित समय र अतिरिक्त समयमा फ्रान्समाथि दबाब बनाएपनि पोर्चुगलले गोल भने गर्न सकेन। दुवै टिमबाट निर्धारित समय र थप गरिएको समयमा गोल नभएपछि खेल पेनाल्टीमा गएको थियो।

पेनाल्टीमा फ्रान्सका ओसमान डेम्बेले, युसुफ फोफाना, जुल्स कुन्डे, बार्डली बार्कोला र थियो हर्नान्डेजले गोल गरेका थिए। यता, पोर्चुगलका रोनाल्डो, बर्नार्डो सिल्भा र नुनो मेन्डेसले गोल गर्दा जोआ फेलिक्सको प्रहार पोस्टमा लगेर फर्किएको थियो।

फ्रान्स छैठौं पटक युरोकपको सेमिफाइनलमा पुगेको हो। उभन्दा धेरै जर्मनी ८ पटक सेमिमा पुगेको छ।

अब फ्रान्सले सेमिफाइनलमा स्पनेको समना गर्ने छ।