क्यानडा कोपा अमेरिकाको सेमिमा, अर्जेन्टिनासँग खेल्ने

6 Jul, 2024

क्यानडा कोपा अमेरिका फुटबलको सेमिफाइनलमा प्रवेश गरेको छ। शनिबार बिहान भएको खेलमा भेनेजुएलालाई पेनाल्टी सुटआउटमा ४–३ ले हराउँदै क्यानडाले सेमिफाइनलमा स्थान पक्का गरेको हो।

निर्धारित समयकाृे खेल १–१ गोलको बराबरीमा सकिएपछि खेल पेनाल्टीमा गएको थियो। पेनाल्टीमा क्यानडाका जोनाथन डेविड, मोइस बोम्बिटो, अल्फन्सो डेविस र स्माइल कोनोले गोल गर्दा लिमा मिलर र स्टेफन स्टाकुइओ भने गोल गर्नबाट चुकेका थिए।

यता, भेनेजुएलाका सोलोमन रोन्डोन, टोमस रिन्कोन, जोन्डर काडिजले गोल गर्दा एन्जल हरेरा, जेफेन्सन साफिरिनो र विल्कर एन्जल गोल गर्न असफल भएका थिए।

निर्धारित समयमा पनि अग्रता क्यानडाले नै लिएको थियो। १४औं मिनेटमा ज्याकोब साफेलबर्गले गोल गरेका थिए। ६५औं मिनेटमा रोन्डोनले भेनेजुएलाका लागि बराबरी गोल फर्काएका थिए।

[dsm_facebook_comments page_url=”@ET-DC@eyJkeW5hbWljIjp0cnVlLCJjb250ZW50IjoicG9zdF9saW5rX3VybCIsInNldHRpbmdzIjp7fX0=@” color_scheme=”dark” order_by=”time” _builder_version=”4.24.2″ _dynamic_attributes=”page_url” _module_preset=”default” custom_padding=”0px||0px||false|false” global_colors_info=”{}”][/dsm_facebook_comments]