ब्राजिललाई पेनाल्टीमा हराउँदै उरुग्वे कोपा अमेरिकाको सेमिफाइनलमा

7 Jul, 2024
Share:
117 Shares

उरुग्वे कोपा अमेरिका फुटबल सेमिफाइनलमा प्रवेश गरेको छ। आइतबार बिहान भएको खेलमा ब्राजिललाई पेनाल्टी सुटआउछटमा ४–३ले हराउँदै उरुग्वे सेमिफाइनलमा पुगेको हो।

पेनाल्टीमा उरुग्वेका फेडेरिको भाल्भर्डे, रोड्रिगो बेन्टान्कुर, जर्जिनियन डे अरास्काइटा र म्यानुयल उगार्टेले गोल गर्दा कप्तान जोशे मारिया जिमिनेजको प्रहार ब्राजिलका गोलकिपर एलिन्सनले रोकेका थिए।

यता, ब्राजिलका आन्द्रेस परेसा र ग्याब्रिअल मार्टिनेलीले मात्र गोल गरे। उसका इडर इलिटाओको प्रहार उरुग्वेका गोलकिपरले रोकेका थिए भने डग्लस लुइसको प्रहार पोस्टमा लागेर फर्किएका थियो।

त्यसअघि निर्धारित समयको खेल गोलरहित बराबरीमा सकिएको थियो। ७४औं मिनेटमा उरुग्वे १० खेलाडीमा सेमिटएको थियो। उसका नाहिटन नान्डेजले रातो कार्ड पाएका थिए। तर त्यसको फाइदा ब्राजिलले उठाउन सकेन।

अब उरुग्वेले सेमिफाइनलमा कोलम्कियासँग खेल्नेछ। आजै बिहान एको खेलमा कोलम्बिया पानामालाई ५–०ले हराउँदै सेमिफाइनलमा पुगेमो हो।