स्पेनिस मिडफिल्डर थिएगो लिए फुटबलबाट सन्न्यास

8 Jul, 2024

स्पेनिस मिडफिल्डर थिएगो अल्कान्टाराले व्यवसायिक फुटबलबाट सन्न्यासको घोषणा गरेका छन्। पछिल्लो सयम चोटले सताइएका ३३ वर्षीय अल्कान्टारले सन्न्यासको घोषणा गरेका हुन्।

उनी प्रिमियर लिग क्लब लिभरपुलबाट व्यवसायिक फुटबल खेलिरहेका थिए। अघिल्लो सिजन चोटमुक्त हुँदै फर्किए पनि उनले मैदान उत्रने मौका पाएका थिएनन्। सिजनको अन्त्यससँगै उनको लिभरपुलसँगको सम्झौता सकिएको थियो।

फ्रि ट्रान्सफरमा उनी अन्य क्लब जाने अपेक्षा गरिएको थियो । तर, उनले सबैलाई आश्यर्चमा पार्दै सन्न्यासको घोाषणा गरेका छन्।

थिएगोले सन् २०११ देखि २०२१ सम्म स्पेनिस टिमबाट खेलेका थिए। जसमा उनले ४६ खेल खेल्दै २ गोल गरेका थिए।

यता, उनले व्यवसायिक फुटबल भने लिभरपुलसँगै बार्सिलोना र बायर्न म्यूनिखबाट खेलेका छन्। बार्सिलोनाकै युथ टिमबाट आएका उनले बार्सिलोनामा ५ सिजन बिताउँदा १०१ खेल खेल्दै ११ गोल गरेका छन्। जसमा उनले ४ ला लिगा, च्याम्पियन्स लिग, क्लब विश्वकपसहित १० उपाधि जितेका छन्।

त्यसपछि बायर्न पुगेका उनले त्यहाँ ७ सिजन बिताए। त्यहाँ उनले २३५ खेल खेल्दै ३१ गोल गोल गरेका थिए। बायर्नमा उनले लागतार ७ सिजन बुन्डेस लिगा, च्याम्पियनसिपसहित कुल १५ उपाधि जितेका छन्।

सन् २०२१ मा बायर्नबाट लिभरपुल आएका उनले त्यहाँ ९३ खेल खेल्दै ३ गोल गरेका छन्। लिभरपुलबाट उनले एफए कप र कम्युनिटी सिल्ड उपाधि जितेका छन्।