दुई प्रतियोगिता खेल्न ह्यान्डबल टोली भारत जाने

8 Jul, 2024
Share:
117 Shares

आईएचएफ ट्रफीमा सहभागी हुन २८ खेलाडीसहित ३३ सदस्यीय नेपाली ह्यान्डबल टोली मंगलबार भारतको जयपुर प्रस्थान गर्दैछ।

जुलाइ १० देखि १४ तारिखसम्म हुने दक्षिण एसियाली स्तरको प्रतियोगितामा नेपालले पुरुष यु–१८ र यु–२० उमेरसमूहमा प्रतिस्पर्धा गर्नेछ।

यु–१८ टोलीको खेलाडीमा सोनिश तामाङ, हविन छन्त्याल, रोशन विक, विवेक थापा, ऋतिक परियार, प्रसनकुमार विश्वकर्मा, केभिन गुरुङ, निशान पुन, सुन्दर फगामी, निरज गुरुङ, सुशान्त देव, मनोज थारु, रिजन श्रेष्ठ र चन्द्रबहादुर बुढा छन्।

यु–२० मा प्रलेश गुरुङ, सुदिप घले, निशान परियार, मनीषबहादुर घर्ती, जीवन पुन, निरञ्जन राणा, दबिन जुग्जाली पुन, मिलन खवास, मनीष कार्की, भोजबहादुर मगर, सुजन घिमिरे, आकृषराज शाक्य, दीपेश खड्का र सुमित राणा रहेका छन्।

टोली नेतामा नेपाल ह्यान्डबल संघ, तदर्थ समितिकी संयोजक कुसुमकुमारी श्रेष्ठ तथा प्रशिक्षकमा विन्दाकुमारी माहाराजी, कृष्णबहादुर शाक्य, विशाल बस्नेत र दिनेश श्रेष्ठ रहेका छन्।

टोलीलाई सफलताको शुभकामना दिँदै राष्ट्रिय खेलकुद परिषद्का सदस्य–सचिव टंकलाल घिसिङ र राखेपका पूर्व उपाध्यक्ष एवं नेपाल ओलम्पिक कमिटीका उप–महासचिव पिताम्बर तिम्सिनाले एक कार्यक्रमबीच सोमबार बिदाइ गरे।

दुवै समूहमा समान ४–४ राष्ट्रको सहभागिता रहने प्रशिक्षक माहाराजीले जानकारी दिइन्।