रियलमा एम्बाप्पेलाई ९ नम्बरको जर्सी

11 Jul, 2024
Share:
117 Shares

स्टार स्ट्राइकर किलियन एम्बप्पेले स्पेनिस क्लब रियल मड्रिडमा ९ नम्बरको जर्सी लगाउने भएका छन्। यसै सिजन पिएसजीबाट फ्रि ट्रान्सफरमा आएका २५ वर्षीय एम्बाप्पेलाई रियलले नयाँ सिजनका लागि ९ नम्बरको जर्सी दिएको हो।

रियलमा ९ नम्बरको जर्सी लिजेन्डरी जर्सी हो। रियलमा यो जर्सीमा ह्युगो सान्चेज, डेभोर सुकर, रोनाल्डो, करिम बेन्जिमा जस्ता तत्कालिन स्टारहरुले लगाएका छन्।

एम्बापेकै आइडल क्रिस्टियानो रोनाल्डोले पनि सुरुमा रियलमा ९ नम्बरकै जर्सी लगाएका थिए। राहुलले रियल छाडेपछि रोनाल्डोले ७ नम्बरको जर्सी लगाएका थिए। त्यसयता उनी क्लब र देश दुवैम ७ नम्बरको जर्सीमा देखिँदै आएका छन्।

यस्तै, आगामी सिजन रियलमा फेडेरिको भाल्भर्डेले ८ नम्बरको जर्सी लगाउने छन्। यो जर्सी यसअिघ टोनी क्रुसले लगाउँथे। उनले सन्न्यास लिएपछि भाल्भर्डेले ८ नम्बरको जर्सी रोजेका हुन्।

यस्तै, फ्रेन्च मिडफिल्डर इडवार्डो कामाभिंगाले ६ नम्बरको जर्सी लगाउने छ। कप्तान नाचो हर्नाडेजले रियल छाडेपछि काभाकिंगाले यो जर्सी पाएका हुन्।

यस्तो, उरालेन चुवामेनीले १४, अर्डा गुलेरले १५, जेसुस भेल्जोले १८ नम्बरको जर्सी लगाउने छन्। यता, रियल आउन लागेका ब्रालियन युवा स्ट्राइकर एन्ड्रिक भने १२, १६, २४ र २५ मध्ये एउटा जर्सीमा देखिने छन्।