फाइनलमा यामल पुरै समय खेले ३० हजार युरो जरिवाना तिर्नुपर्ने

13 Jul, 2024
Share:
117 Shares

जर्मनीमा जारी युरोकपको फाइनल आइतबार राति हुनेछ हुनेछ। बर्लिनमा हुने फाइनलमा उपाधिका लागि स्पेन र इंग्ल्यान्डबीच प्रतिस्पर्धा हुनेछ।

जारी युरोमा उत्कृष्ट प्रदर्शन गरेको स्पेनिस खेलाडी युवा लामिन यमालले फाइनलमा पुरै समय मैदान बिताए जरिवाना तिनुपर्ने भएको छ।

१७ वर्षीय लामिन यामलले इङ्ल्यान्डविरुद्ध फाइनलमा पूरा ९० मिनेट खेलेमा जर्मनीको श्रम कानूनअनुसार ३० हजार युरो तिनुपर्ने हुन्छ। जर्मनीको श्रम कानुन अनुसार नाबालकलाई राति ८ बजेपछि काम लगाउँदा ३० हजार युरोको जरिवाना तिर्नपर्छ।

यमालले आजैबाट १७ वर्ष लागेका छन्। उनले १६ वर्ष ३६२ दिनको उमेरमा फ्रान्सविरुद्धको सेमिफाइनलमा गोल गर्दै युरोकपमा गोल गर्ने सबैभन्दा कान्छो खेलाडीको कीर्तिमहान बनाएका थिए।

यमालको उत्कृष्ट प्रदर्शनका बाबजुद स्पेनका प्रशिक्षक लुइस डे ला फ्युएन्टेले उनलाई इङ्ल्यान्डविरुद्धको सम्पूर्ण समय खेल खेलाउन सक्ने छैनन् ।
जर्मनीको श्रम कानून अनुसार १८ वर्ष मुनिका युवाले कुनै पनि दिन बेलुका ८ बजे (स्थानीय समय) पछि काम गर्न पाउँदैनन्। खेलाडीहरूका लागि थोरै फाइदा छ, जसको समयसीमा राति ११ बजेसम्म छ।

स्पेन र इंग्ल्याण्ड युरो २०२४ को फाइनल जुलाई १४ मा स्थानीय समय अनुसार राति ९ बजे सुरु हुनेछ। यस्तो अवस्थामा स्पेनले यमाललाई ६० मिनेटसम्म मात्र खेलाउन पाउँछ।

यसपछि पनि टोलीले लामिन यामललाई मैदानबाट बाहिर नबोलाए जर्मन लेबर कानून बमोजिम स्पेनिस फुटबल संघलाई ३० हजार युरो जरिवाना हुनेछ।