यही वर्ष हुने महिला लिगमा १० टिम सहभागी हुने भएका छन्। बुधबार बसेको अखिल नेपाल फुटबल संघ (एन्फा) कार्यकारिणी समितिको बैठकले महिला लिगमा १० टिमस सहभागी हुने निर्णय गरेको हो।
महिला लिगमा तीन विभागीय टिमसहित छनोट चरण पार गरेर आएका कोशी, सुदूरपश्चिम र कर्णाली प्रदेशले भात लिने छन्। यस्तै, महिला लिगमा दुई वटा क्लबले सहभागीता जनाउने छन्। जसमा संकटा क्लब र बागमती युथ क्लबले महिला लिगमा भाग लिने एन्फाले निर्णय गरेको छ।
यस्तै एन्फाको कार्यकारिणी समिति बैठकले वालिङ र चन्द्रपुर नगरपालिकालाई महिला लिगमा सहभागी गराउने निर्णय गरेको छ।
प्रतियोगिता १० टोलीबीच सिंगल राउन्ड रोबिनाका आधारमा हुनेछ। लिगमा पछि शीर्ष ५ मा रहने टिममबी सुपर लिग हुनेछ। यो डबल राउन्ड रोबिनका आधारमा हुने एन्फाले जनाएको छ।
सुपर लिगका उत्कृष्ट चार टोलीले एलिमिनेटर, क्वालिफायर र फाइनल गरी थप चार खेलमा प्रतिस्पर्धा गर्ने एन्फाले जनाउको छ।
यस्तै, बैठकले २०२४, २०२५ र २०२६ को महिला लिगको लागि बजेट समेत पारित गरेको छ।