फ्रेन्च युवा डिफेन्डर योरो युनाइटेड आउने

18 Jul, 2024
Share:
117 Shares

१८ वर्षीय फ्रेन्च युवा डिफेन्डर लेनी योरो इंग्लिस क्लब म्यान्चेस्टर युनाइटेड आउने भएका छन्। युनइटेडले योरोलाई फ्रेन्च क्लब लिलेबाट भित्र्याउन लागेको हो।

योरो युनाइटेड आउने लगभग पक्का भएपछि औपचारिक घोषणा भने भएको छैन। युनाइडेटले योरोका लागि ६२ मिलियन युरो खर्चिने छ। उनको प्रदर्शनका आधारमा लिले थप बोनस रकम पनि पाउन सक्नेछ।

योरोले युनाइटेडसँग ५ वर्षको सम्झौता गर्ने बताइएको छ। यसको अर्थ उनी सन् २०२९ सम्म ओल्र्ड ट्राफोर्डमा रहनेछन्।

अघिल्लो सिजन फ्रेन्च लिगमा उत्कृष्ट प्रदर्शन गरेपछि उनी युरोपका ठूला क्लबको नजरमा परेका थिए। उनलाई भत्र्याउन स्पेनिस क्लब रियल मड्रिड, इंग्लिस क्लब लिभरपुल लगायतले पनि चासो देखाएका थिए।

उनले सन् २०२२ मा १६ वर्षको उमेरले लिलेको सिनियर टिममा डेब्यू गरेका थिए। पछिल्ला २ सिजन उनी लिलेका मुख्य खेलाडी थिए।

योरो अघिल्लो सिजनको लिग वानको टिम अफ दी इयरमा पनि परेका थिए। उनले लिलेबाट ६० खेल खेल्दै ३ गोल गरेका छन्।