डुरान्ड कप फुटबल खेल्न त्रिभुवन आर्मी क्लब भारत प्रस्थान

29 Jul, 2024
Share:
117 Shares

भारतीय सेनाको आयोजनामा सञ्चालन हुने डुरान्ड कप फुटबल २०२४ मा भाग लिन त्रिभुवन आर्मी क्लबका खेलाडीहरू भारत प्रस्थान गरेका छन्।

१३३औं संस्करणको फुटबल प्रतियोगितामा सहभागी हुन आर्मीको ४२ सदस्यीय टिम पूर्वराष्ट्रिय फुटबल खेलाडी एवं नेपाली सेनाका अवकाशप्राप्त प्रमुख सेनानी वसन्तराज गुरुङको नेतृत्वमा भारत गएको हो।

साउन ११ गतेदेखि भदौ १५ गतेसम्म सञ्चालन हुने प्रतियोगितामा त्रिभुवनले भारतको ‘ए लेभल’ फुटबल क्लबहरूसँग प्रतिस्पर्धा गर्ने जनाइएको छ।