साउदीले गर्‍यो २०३४ को विश्वकप आयोजनाको दाबी

30 Jul, 2024
Share:
117 Shares

सन् २०३४को फिफा विश्वकप आयोजनाका लागि साउदी अरेबियाले दाबी पेश गरेको छ। विश्वकप आयोजनाको लक्ष्यसहित पछिल्लो १ वर्षमा घरेलु फुटबलमा उल्लेख्य लगानी गरेको साउदीले २०३४ को विश्वकप आयोजनाका लागि फिफा समक्ष दाबी गरेको छ।

साउदीले गत नेभेम्बर १ मै विश्वकप आयोजनाको दाबी पेश गरेको हो। फिफाका अनुसार सन् २०३४ का लागि साउदीको मात्र एकल दाबी परेको छ।

त्यसैले सन् २०३४ को विश्वकप साउदीले आयोजना गर्ने लगभग पक्का जस्तै छ।

फिफाले सन् २०३४ को विश्वकप आयोजकको औपचारिक घोषणा यसै वर्षको डिसेम्बर ११ मा गर्ने छ।