प्रिसिजन टुरमा रियल पराजित, लिभरपुलले आर्सनललाई हरायो

1 Aug, 2024
Share:
117 Shares

प्रिसिजन टुरको पहिलो खेलमा रियल मड्रिड पराजित भएको छ। अमेरिका बिहीबार बिहान भएको खेलमा रियल मड्रिड इटालियन क्लब एसी मिलानसँग १–०ले पराजित भयो।

निकै प्रतिस्पर्धात्मक बनेको खेलको पहिलो हाफ गोलरहित बराबरीमा सकिएको थियो। तर, ५५औं मिनेटमा सम्युअल चुकुएजेले गोल गर्दै मिलानलाई अग्रता दिलाए। त्यसपछि गोल नहुँदा मिलान विजयी भयो।

यही खेलमार्फत ब्राजिलियन युवा स्ट्राइकर एन्ड्रिकले रियलमा डेब्यू गरे। १६ वर्षकै उमेरमा रियलमा आबद्ध भएपनि १८ वर्ष उमेर पुगेपछि उनी अघिल्लो साता मात्र रियलको औपचारिक खेलाडी बनेका थिए।

यस्तै, अमेरिकामै भएको अर्को खेलमा लिभरपुल विजयी भएको छ। उसले आर्सनलमाथि २–१को जित निकाल्यो।

खेलमा लिभरपुलका लागि १३औं मिनेटमा मोहम्मद सलाह र ३४औं मिनेटमा फाबियो कारभाल्होले गोल गरेका थिए। आर्सनलका लागि ४०औं मिनेटमा काइ हाभर्ट्जले गोल गरेका थिए।

प्रिसिजन टुरमा मिलानको यो दोस्रो जित हो। यसअघि उसले पहिलो खेलमा म्यान्चेस्टर सिटीमाथि ३–२को जित निकालेको थियो।