नेपाली महिला टिमले जित्यो काभा बिच भलिबल उपाधि

3 Aug, 2024

नेपालको महिला टिमले भुटानमा जारी काभा बिच भलिबल च्याम्पियनसिपको उपाधि जितेको छ।

भुटानको थिम्पुमा भइरहेको प्रतियोगितामा कमला पुन र मनीषा चौधरीको जोडीले उज्वेकिस्तान ए टिमलाई २–० को सोझो सेटमा हराउँदै उपाधि जितेका ेहो।

नेपालले उज्वेकपस्तान ए लाई २१–१७, २१–१४ ले पराजित गरेको हो। नेपाली टिमले खेलका पाँचै खेलमा एक सेट पनि नगुमाई उपाधि जितेको हो।

समूह चरणमा तीनवटै खेल जितेको कमला पुन र मनिषा चौधरीको नेपाली जोडीले शनिबारै भएको सेमिफाइनलमा उज्वेकिस्तान बी टिमलाई २१–१३, २१–१२ ले पराजित गर्दै फाइनल पुगेको थियो ।

आजै हुने पुरुषतर्फको फाइलनमा नेपालको मानबहादुर श्रेष्ठ र दिलबहादुर सुनारको जोडीले माल्दिभ्सको ए टिमसँग खेल्दैछ।

[dsm_facebook_comments page_url=”@ET-DC@eyJkeW5hbWljIjp0cnVlLCJjb250ZW50IjoicG9zdF9saW5rX3VybCIsInNldHRpbmdzIjp7fX0=@” color_scheme=”dark” order_by=”time” _builder_version=”4.24.2″ _dynamic_attributes=”page_url” _module_preset=”default” custom_padding=”0px||0px||false|false” global_colors_info=”{}”][/dsm_facebook_comments]