युनाइटेडमाथि लिभरपुलको सानदार जित

4 Aug, 2024
Share:
117 Shares

प्रिसिजन टुर अन्तर्गत अमेरिका भएको खेलमा लिरभपुलले म्यान्चेस्टर युनाइटेडमाथि सानदार जित निकालेको छ। आइतबार बिहान भएको खेलमा लिरभपुलले युनाइटेडलाई ३–०ले हरायो।

लिभरपुलको जितमा फाबियो कार्भाल्हो, कर्टिस जोन्स र कोन्टान्टिनोस सिमिकासले गोल गरेका थिए।

१०औं मिनेटमा कार्भाल्होले गोल गर्दै लिभरपुललाई सुरुआती अग्रता दिलाए। उनले लागतार खेलमा गोल गरेका हुन्। उनले आर्सनलविरुद्ध पनि गोल गरेका थिए।

३६औं मिनेटमा जोन्सले लिभरपुलको अग्रता दोब्बर बनाए। त्यसपछि ६१औं मिनेटमा सिमिकासले गोल गरेपछि लिभरपुल ३–०ले विजयी भयो।

प्रिसिजन टुरमा लिभरपुलको यो लागतार दोस्रो जित हो। अघिल्लो खेलमा उसले आर्सनललाई २–१ले हराएको थियो।