नेपालका घनश्यामले हरियाणा स्टिलर्सबाटै प्रो कबड्डी लिग खेल्ने

7 Aug, 2024
Share:
117 Shares

विश्वकै चर्चित कबड्डी लिग प्रो कबड्डीको ११ औं सिजन नेपाली टिमका कप्तान घनश्याम रोकामगरले पनि खेल्ने भएका छन्। नयाँ सिजनका लागि घनश्यामलाई हरियाना स्टिलर्सले रिटेन गरेपछि उनले पुनः प्रो कबड्डी खेल्ने पक्का भएको हो।

नयाँ सिजनको लागि अक्सनअघि नै हरियाणाले घन्श्यामलाई रिटेन गरेको हो। नेपाल कबड्डी संघले घन्श्यामसहित नेपालबाट ४ खेलाडीको नाम प्रो कबड्डीका लागि सिफारिस गरेको थियो।

हरियाणाले घनश्यामलाई साढे १५ लाख भारुमा अनुबन्ध गरेको हो। घनश्यामसँगै गणेश पार्की, लालमोहर यादव र रामु टमटाको नाम प्रो कबड्डीको नयाँ सिजनको लागि नेपालबाट सिफारिस भएका छन्।

बाँकी तीन खेलाडी भने अक्सनमा समावेश हुनेछन्।