खेलाडी प्राथमिकतामा राखेर योजना बनाउनुपर्छ : मन्त्री चौधरी

7 Aug, 2024

युवा तथा खेलकुद मन्त्री तेजुलाल चौधरीले खेलाडीलाई प्राथमिकतामा राखेर खेलकुद योजना बन्नुपर्ने बताएका छन्।

उपाध्यक्षको चार वर्षे पदावधि सकिएर विदा भएका शिव कोइरालालाई सम्मान गर्दै उनले खेलकुदका योजना बनाउदा खेलाडीको सुविधलाई पहिलो प्राथमिकतामा राख्नुपर्ने बताए।

मन्त्री चौधरीले स्वास्थ्य तथा शिक्षामा सहुलियत दिन सकिने भन्दै यसका लागि खेलाडीको वर्गीकरण गरिने पनि उल्लेख गरे।
विदाई कार्यक्रममा शिव कोईरालाले परिषद्मा चार वर्ष उपाध्यक्षका रुपमा काम गदौ धेरै कुराहरु सिकेको भन्दै अझै यस क्षेत्रमा सुधार गर्नु पर्ने धरै विषय रहेको बताए।

कार्यक्रममा राष्ट्रिय खेलकुद परिषद्का सदस्य सचिव टंकलाल घिसिङले पनि नेपाली खेलकुदको विकासका लागि सम्पूर्ण पक्षको एकता आवश्यक हुने बताए।

राष्ट्रिय खेलकुद परिषद्का सदस्यहरु, विभागीय प्रमुख तथा कर्मचारीहरुको सहभागितामा कोईरालालाई सम्मान पत्र सहित बिदाई गरिएको थियो। कोइराला २०७७ साल साउन १२ गते चार वर्षका लागि परिषद्को उपाध्यक्ष पदमा नियुक्त भएका थिए।

[dsm_facebook_comments page_url=”@ET-DC@eyJkeW5hbWljIjp0cnVlLCJjb250ZW50IjoicG9zdF9saW5rX3VybCIsInNldHRpbmdzIjp7fX0=@” color_scheme=”dark” order_by=”time” _builder_version=”4.24.2″ _dynamic_attributes=”page_url” _module_preset=”default” custom_padding=”0px||0px||false|false” global_colors_info=”{}”][/dsm_facebook_comments]