स्पेनिस विंगर ड्याली ओल्मो बाल्यकालको क्लब बार्सिलोना फर्र्किएका छन्। युथ टिममा रहँदै बार्सिलोना छाडेका ओल्मो ६० मिलियन युरोमा जर्मन आरबी लेइपजिगबाट बार्सिलोना आएका हुन्।
२६ वर्षीय ओल्मोले बार्सिलोनासँग ६ वर्षको सम्झौता गरेका छन्। अब उनी सन् २०३० सम्म क्याम्पनेउमै रहने छन्।
स्पेनिस स्ट्राइकर ड्यानी ओल्मो बार्सिलोना आउन सहमत भएका छन्। ओल्मो र बार्सिलोनाबीच ६ वर्षको सम्झौता गर्ने सहमति भएको बताइएको छ।
अघिल्लो महिना भएको युरोपका उत्कृष्ट प्रदर्शन गर्दै स्पेनलाई युरोकप जिताउन महत्वपूर्ण भूमिका खेलेपछि बार्सिलोना ओल्मोलाई भित्र्याउन चाहेको थियो।
ओल्मोले २००७ देखि २०१४ सम्म बार्सिलोनाको युथ टिमम बिताएका थिए। सन् २०१४मा उनले डाइनामो जाग्रेब गएका थिए। त्यहाँबाट उनी सन् २०२०मा लेइपजिग आएका थिए। लेइपजिगमा उनले १४८ खेल खेल्दै २९ गोल गरेका छन्।