एएफसी च्यालेञ्ज लिगको प्लेअफका लागि चर्च बोइज र पारो एफसी तयार

12 Aug, 2024
Share:
117 Shares

एएफसी च्यालेञ्ज लिगको प्रारम्भिक चरणमा नेपाल ए डिभिजन लिग च्याम्पियन चर्च बोइइज युनाइटेडले भुटानको लिग च्याम्पियन पारो एफसीसँग खेल्दैछ।

खेल त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भोलि साँझ ६ बजेदेखि सुरु हुनेछ। सोमबार आयोजित प्रिम्याच कन्फ्रेन्समा खेलका दुवै टिमले आफूहरू तयार रहेको बताएका छन्।

खेलको विजेता च्यलेन्ज लिगको मुख्य चरणमा प्रवेश गर्ने भएकाले दुवै टोली नतिजा आफ्नो पक्षमा ल्याउने योजनामा छन्।

चर्च बोइज घरेलु खेलाडकी घरमा पारो एफसीसँग भीड्न लागेको छ। मुख्य प्रशिक्षक बालगोपाल महर्जनले च्यालेञ्ज लिग खेल्नका लागि आफ्नो टोली तयार रहेको बताएका छन्। उनले टिमको तयारी पुरा भएको बताएका छन्।

‘हाम्रो लगभग तयारी पूरा भएको छ। ३ साता भन्दा बढी प्रशिक्षण गर्‍यौं,’ उनले भने, ‘दशरथ रंगशालमा ६(७ महिनापछि खेल हुँदैछ। छोटो समय भएपनि अनन्तको कप्तानीमा टोली सन्तुलित छ।’ प्रशिक्षक महर्जनले घरेलु मैदानमा राम्रो नतिजा ल्याएर खुसी दिने बताए।

यस्तै, कप्तान अनन्त तामाङले आफूहरू शारीरिक र मानसिक रुपमा तयार रहेको बताए। उनले खेलाडीहरु फरक फरक क्लबका भएपछि राष्ट्रिय टिमबाट सँगै खेलेको र एक महिनादेखि तयारी गरेकाले टिम कम्बिनेसन पनि राम्रो भएको बताए।

‘टिम फिजिकल्ली र मेन्टली रुपमा तयार छ। फरक क्लबबाट आएको खेलाडी भएपनि राष्ट्रिय टिममा सँगै खेलेको अनुभव छ। छोटो समय भएपनि टिममा सुधार आएको छ, भोलि राम्रो प्रदर्शन गर्नेछौं,’ उनले भने।

प्रतियोगिताका लागि चर्चा बोइज ३ खेलाडीलाई टिममा राखेको छ भने विपक्षी पारो एफसीमा ११ जना विदेशी खेलाडी छन्। जसमा केइसुके होन्डासहित ५ जापानिज खेलाडी छन्।

पारोमा प्रशिक्षक पुष्पलाल शर्माले टिम कम्बिनेसन राम्रो रहेको बताए। ‘यो पटक तयारी राम्रो छ, टिम बन्डिङ पनि राम्रो छ। केसुके बाहेक सबै खेलाडी एक हप्तादेखि नै सँगै छन्।’

उनले यस पटक राम्रो नतिजा ल्याउने गरी नेपाल आएको बताए। अघिल्लो पटक पारो एफसी मछिन्द्र क्लबसँग पारजित भएको थियो।

मैदानको अवस्था राम्रो नभएको गुनसो गर्दै उनले टिममा विश्वस्तीय खेलाडी भएपनि नतिजामा धेरै असर गर्ने बताए।

चर्च बोइजको टिम :

दीप कार्की, टिकेन्द्र थापा, रेम्बो चौधरी (गोलकिपर), छिरिङ लामा, एकराज बुढाथोकी, ओमोलाजा करिम, सौभाग्य राई, अनन्त तामाङ, योगेश गुरुङ, सनिश श्रेष्ठ (डिफेन्डर), एरिक विष्ट, पिटर बन्डा, सन्तोष खत्री, विवेक पौडेल, रोहन कार्की, लकेन लिम्बु, मनिष जर्घा (मिडफिल्डर), अन्जन विष्ट, मोसेस ग्याबाह ट्वाम, निरज चौधरी, आयुष घलान, सञ्जीव विष्ट, आदित्य शाक्य (फरवार्ड)