इंग्लिस क्लब म्यान्चेस्टर सिटीका अर्जेन्टाइन स्ट्राइकर जुलियन अल्भारेज स्पेनिस क्लब एट्लेटिको क्लबमा आबद्ध भएका छन्।
उनी ९५ मिलियन युरोपमा एट्लेटिकोमा आबद्ध भएका छन्। सोमबार राति अल्भारेजको ट्रान्सफरको औपचारिक घोषणा भएको थियो।
लगत्तै उनले म्यान्चेस्टर सिटीलाई गुडबाई गरेका छन्। क्लबसँग आफ्नो थुप्रै इमोसन जोडिएको बताउँदै उनले सिटीमा बिताएका २ वर्ष विशेष भएको बताएका छन्।
२४ वर्षीय अल्भारेज सन् २०२२मा रिभर प्लेटबाट सिटी आएका थिए। सिटीमा उनले १०३ खेल खेल्दै ३६ गोल गरेका थिए। २ सिजनमा उनले २ प्रिमियर लिग, च्याम्पियन्स लिगसहित कुल ६ उपाधि जितेका छन्।
सिटीमा अर्लिङ हालान्डको आगमन पछि उनले खेल्ने मौका कमै मात्र पाएका थिए। उनी सिटीले बेचेका सबैभन्दा महँगा खेलाडी बनेका छन्।
अघिल्लो साता नै अल्भारेज एट्लेटिको जाने पक्का भएको थियो। उनीसँगै एट्लेटिकोले चेल्सीबाट मिडफिल्डर कोर्नर काल्घरलाई अनुबन्धन गर्ने पक्का भएको थियो। उनले मेडिकल पनि गरिसकेका थिए।
तर, काल्घरको त्यो डिलमा एट्लेटिकोले स्ट्राइकर सामु ओमोरोडिओनलाई चेल्सी पठाउने सहमति भएको थियो। तर, अन्तिम समयमा ओमोरेडिओनको ट्रान्सफर रद्द भएपछि काल्घरको ट्रान्सफर पनि रोकिएको छ।
त्यसको प्रभाव अल्भारेजको ट्रान्सफरमा पनि पर्ने आशंका थियो। तर, प्रभाव भने परे।
मड्रिड पुगेका काल्घरको अहिले लन्डन फर्किसकेका छन्। तर, ट्रान्सफर पूर्ण रुपमा रद्द भने भइसकेको छैन । चेल्सी ओमोरोडिओनका सट्टा जोआ फेलिक्सलाई ल्याउन चाहिरहेको छ।