युनाइटेडले बायर्नबाट भित्र्यायाे दुई डिफेन्डर डि लिग्ट र मजरावी

14 Aug, 2024
Share:
117 Shares

इंग्लिस क्लब म्यान्चेस्टर युनाइटेडले एक साथ दुई डिफेन्डर अनुबन्धन गरेको छ। युनाइटेडले जर्मन क्लब बायर्न म्युनिखका सेन्ट्रल डिफेन्डर म्याथिस डे लिग्ट र राइट ब्याक नुसेर मजरावीलाई अनुबन्धन गरेको हो।

युनाइटेडले डे लिग्टका लागि ५० मिलियन युरो खर्चिएको छ। २५ वर्षीय डच डिफेन्डर डे लिग्टले युनाइटेडसँग ५ वर्षको सम्झौता गरेका छन्।

आयाक्सका उत्पदान उनी सन् २०२२मा युभेन्टसबाट बायर्न गएका थिए। बायर्नमा उनले २ सिजनमा ७३ खेल खेल्दै ५ गोल गरेका थिए। उनले बुन्डेस लिगा र डिएफएल सुपर कप जितेका छन्।

त्यअसघि तीन सिजन उनले युभेन्ट्सबाट खेले । त्यहाँ उनले ११७ खेल खेल्दै ८ गोल गरेका थिए। उनले सिरिए, कोपा इटालिया र सुपरकोपा इटालियाना उपाधि जितेका छन्।

२६ वर्षीय मोरक्कोका डिफेन्डर मजरावीलाई युनाइटेडले २० मिलियन युरोमा भित्र्याएको हो। कतार विश्वकपमा मोरक्कोका लागि उत्कृष्ट प्रदर्शन गरेपछि बायर्नले उनलाई डच क्लब आयाक्सबाट भित्र्याएको थियो।

बायर्ननमा उनले ५५ खेल खेल्दै १ गोल मात्र गरेका छन्। बायर्नमा उनी स्टार्टिङमा पर्न संघर्ष गरिरहेका थिए।