रोड्री चेल्सीविरुद्ध नखेल्ने

17 Aug, 2024

डिफेन्डिङ च्याम्पियन म्यानचेस्टर सिटीले पाँचौं पटक प्रिमियर लिगको उपाधि रक्षा अभियान आइतबारबाट थाल्दैछ। जसमा उसको पहिलो प्रतिद्वन्द्वी हुने चेल्सी। खेल चेल्सीकै मैदान स्टामफोर्ड ब्रिजमा नेपाली समयअनुसार राति ९ः४५ बजे हुनेछ।

जसमा सिटी आफ्ना महत्वपूर्ण खेलाडी स्पेनिस मिडफिल्डर रोड्री बिना मैदान उत्रने छ। सिटीका प्रशिक्षक पेप ग्वार्डिओलाले चेल्सीविरुद्ध रोड्री टिममा नहुने बताएका छन्।

युरोको फाइलनमा घाइते भएका रोड्री भर्खरैमात्रै चोटमुक्त हुँदै फर्किएका हुन्। अभ्यास पनि त्यति धेरै नगरेकाले रोड्रीले चेल्सीविरुद्ध नखेल्ने भएका हुन्।

‘उनी प्रशिक्षणमै छन्, तर उनी चेल्सीविरुद्ध टिममा हुनेछैनन् । उनी फिट देखिएका छन्। अब प्रशिक्षणपछि उनी कस्तो देखिन्छन्, त्यसपछि कहिलेबाट टिममा फर्कन्छन् तय हुन्छ,’ ग्वार्डिओलाले भनेका छन्।

यस्तै, चेल्सीविरुद्ध युरोकप फाइलन खेलेका फिल फोडेन, जोन स्टोन्स र केल वाल्कर भने सिटीको टिममा हुनेछन्। उनीहरु पनि पूर्णरुपमा फिट नभएको बताइएको छ। उनी ९० मिनेट नै मैदानमा बितानेमा शंका गरिएको छ।