साफ यू–२० मा भुटानमाथि भारतको जित

19 Aug, 2024
Share:
117 Shares

साफ यू–२० च्याम्पियनसिपमा भारतले विजयी सुरुवात गरेको छ।

सोमबार सातदोबाटोस्थित एन्फा कम्पलेक्स मैदानमा भएकोसमूह ‘बी’ को खेलमा भारतले भुटानमाथि १–० गोलको कठिन जित निकालेको हो।

खेलको ३७ मिनेटमा भारतका मनिरुल मल्लले गरेको गोल निर्णायक सावित भएको हो। उनले कर्नर बलमा हेडमार्फत् गोल गरेका थिए।

तर, खेल दोस्रो हाफमा भने तनावपूर्ण बन्यो। ६५औं मिनेटमा भारतले पाएको फ्रिकिका क्रममा दुवै टिमक खेलाडीबीच धकेलाधकेल भएको थियो।

झगडालाई शान्त बनाउने रेफ्रीले ३ रातो कार्ड देखाएका थिए। जसमा भारतका प्रम्भिर भानलालपेका गुई र केल्भिनसिंह टाओमिर र भुटानका किन्ले ग्याल्सेन थिए।

प्रतियोगितामा भोलि समूह ‘ए’ को खेलमा श्रीलंका र बंगलादेश खेल्नेछन्।