बुढानीलकण्ठमा नगरस्तरीय फुटसल

20 Aug, 2024
Share:
117 Shares

निलकण्ठ युवा समितिले आज बुढानिलकण्ठ नगरपालिका–४ पासिकोटमा बुढानिलकण्ठमा नगर स्तरीय फुटसलको आयोजना गरेको छ । २१ वटा टिम रहेको खेलमा बुढानीलकण्ठ नगरपालिकाका सबै १३ वटा वडाका युवाहरूको सहभागिता रहेको छ ।

खेल उद्‌घाटन समारोहमा खेलाडीको मनोबल बढाउन स्वास्थ्य मन्त्री प्रदीप पौडेल, बुढानीलकण्ठका नगरप्रमुख मिठाराम अधिकारी, उपप्रमुख अनिता लामा लगायत १३ वटै वडाका जनप्रतिनिधिहरूको सहभागिता रहेको थियो ।

मन्त्री पौडेलले खेलकुद र कसरतको सहायताले नै मानिस स्वस्थ रहने भन्दै मानव जीवनमा खेलको महत्वपूर्ण स्थान रहेको बताए उनले खेलको आयोजना गरेर युवामा जोश र जाँगर थपेको भन्दै नीलकण्ठ युवा समितिलाई धन्यवाद दिए । रोग लागेर उपचार गर्नुभन्दा खेलमार्फत स्वस्थ रहनेतर्फ ध्यानदिनु पर्ने मन्त्री पौडेलले औंल्याए।

आज बिहान ८ बजे सुरु भएको एक दिवसीय खेल बेलुका सम्म जारी रहन्छ। खेल सकिएपछि कार्यक्रम सफल बनाउन सहयोग गर्ने समाजसेवाहरू लगायतलाई सम्मान गरिने कार्यक्रम पनि रहेको आयोजक समितिका अध्यक्ष सुशान्त भण्डारीले जानकारी दिए।