आईसीसी महिला टी–२० विश्वकप युएईमा हुने

21 Aug, 2024

बंगलादेशमा यसैवर्ष हुने तय भएको आईसीसी महिला टी–२० विश्वकप अब त्यहाँ नहुने भएको छ।

पछिल्लो समय बंगलादेशमा भइरहेको आन्दोलनका कारण असुरक्षा हुने भन्दै आईसिसी बंगलादेशबाट प्रतियोगितामा युएईमा सार्ने निर्णय गरेको छ।

प्रतियोगिता युएईको दुई शहर दुबई र शारजाहमा अक्टोबार ३ देखि २० सम्म हुनेछ।

आईसीसीले प्रतियोगिताको आयोजनास्थल मात्र राखिएको बताएको छ। आयोजक भने बंगलादेश क्रिकेट बोर्ड नै रहने बताइएको छ।

विश्वकपमा आयोजक बंगलादेशसहित १० देशले भाग लिँदै छन्। जसमा बंगलादेशसहित अस्ट्रेलिया, इंग्ल्याण्ड, भारत, दक्षिण अफ्रिका, न्यूजिल्याण्ड, वेस्टइन्डिज, पाकिस्तान, स्कटल्याण्ड र श्रीलंका रहेका छन् ।

[dsm_facebook_comments page_url=”@ET-DC@eyJkeW5hbWljIjp0cnVlLCJjb250ZW50IjoicG9zdF9saW5rX3VybCIsInNldHRpbmdzIjp7fX0=@” color_scheme=”dark” order_by=”time” _builder_version=”4.24.2″ _dynamic_attributes=”page_url” _module_preset=”default” custom_padding=”0px||0px||false|false” global_colors_info=”{}”][/dsm_facebook_comments]