यू–२० साफ : भुटानले माल्दिभ्सलाई हरायो, तीनै टिमको सेमिफाइनल सम्भावना

21 Aug, 2024

काठमाडौंमा जारी यू–२० साफ च्याम्पियनसिपमा भुटान विजयी भएको छ। सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा बधुबार भएको खेलमा भुटानले माल्दिभ्सलाई २–१ ले हरायो।

भुटानको जितमा जिग्नम दोर्जी र नोवाङ चोपेलले गोल गर्दा माल्दिभ्समा फिरकले गोल गरेका थिए।

खेलमा पहिलो अग्रता भुटानले लियो। २२औं मिनेटमा जिग्नमले गोल गर्दै भुटालाई सुरुआती अग्रता दिलाए। पहिलो हाफ १–०मै सकियो।

५१औं मिनेटमा भुटान १० खेलाडीमा समेटियो। उसका गोलकिपर तेञ्जिङले डिबक्स बाहिर बल छोएपछि रेफ्रीले उनलाई सिधै रातो कार्ड देखार्एका थिए।

सोही फ्रिकिकमा माल्दिभ्सले बराबरी गोल गरेको थियो। फिराकको फ्रिकिक सिधै गोल भएको थियो। ८९औं मिनेटमा नोवाङले गोल गर्दै भुटाललाई २–१को जित दिलाए।

भुटानको यो जितसँगै समूह बीमा रहेका तीनै टिमको सेमिफाइनल पुग्ने सम्भावना कायमै रहेको छ। यो समूहमा भारत र भुटानको समान ३ अंक छ भने पहिलो खेल खेलेको माल्दिभ्स भने अंक बिहीन छ।

अब यो समूहको अन्तिम खेलमा भारत र माल्दिभ्स भीड्ने छन्। खेल भारतले जिते या बराबरी भए भारत र भुटान सेमिफाइनलमा पुग्ने छन् भने माल्दिभ्स विजयी भए निर्णय गोलअन्तरका आधारमा हुनेछ।

[dsm_facebook_comments page_url=”@ET-DC@eyJkeW5hbWljIjp0cnVlLCJjb250ZW50IjoicG9zdF9saW5rX3VybCIsInNldHRpbmdzIjp7fX0=@” color_scheme=”dark” order_by=”time” _builder_version=”4.24.2″ _dynamic_attributes=”page_url” _module_preset=”default” custom_padding=”0px||0px||false|false” global_colors_info=”{}”][/dsm_facebook_comments]