सिटी फर्किए गुन्डोगान

21 Aug, 2024
Share:
117 Shares

जर्मन मिडफिल्डर इल्के गुन्डोगान पुनः इंग्लिस क्लब म्यान्चेस्टर सिटी फर्किएका छन्। ३३ वर्षीय गुन्डोगानका स्पेनिस क्लब बार्सिलोनाबाट फ्रि ट्रान्सफरमा सिटी आएका हुन्।

सिटीले गुन्डोगानसँग १ वर्षका सम्झौतान गरेकाछन्। उनी १ वर्षपछि सिटी फर्किएका हुन्। अघिल्लो सिजन फ्रि ट्रान्सफरमै उनी बार्सिलोना गएका थिए।

बार्सिलोनाका नयाँ प्रशिक्षक हान्सी फ्लिकको योजनामा गुन्डोगान नरहेपछि बताएका थिए। सोही अनुसार उनी ला लिगाको पहिलो खेल पनि बार्सिलोनाको स्क्वाडमै थिएनन्।

त्यसपछि गुन्डोगानले बार्सिलोना छोड्ने मनस्थिति बनाएका थिए। लगत्तै सिटीका प्रशिक्षक पेप ग्वार्डिओलाले गुन्डोगानलाई फर्काउन चासो दिएका थिए।

उनी बार्सिलोनासागको सम्झौता १ वर्ष बाँकी छँदै सम्झौता रद्द गरेर सिटी आएका हुन्। बार्सिलोनामा उनले ५१ खेल खेल्दै ५ गोल गरेका थिए।

सन् २०१६मा ग्वार्डिओला सिटी आए लगत्तै उनले गुन्डोगानलाई बोरुसिया डर्टमन्डबाट सिटी भित्र्याएका थिए। सिटी छाड्नुअघि उनी कप्तान थिए।

उनले सिटीका लागि ३०४ खेल खेल्दै ६० गोल गरेका छन्।