एएफसी महिला च्याम्पियन्स लिग खेल्न एपिएफ क्लब मलेसिया लाग्यो

22 Aug, 2024
Share:
117 Shares

पहिलो पटक एएफसी महिला च्याम्पियन्स लिगको प्रारम्भिक चरण खेल्न लागेको नेपालको एपीएफ क्लब मलेसिया प्रस्थान गरेको छ।

अगस्त २५ बाट सुरु हुने प्रतियोगिताका लागि विभागीय टिम एपिएफ बिहीबार साँझ मलेसिया प्रस्थान गरेको हो।

प्रारम्भिक चरणमा एपिएफ उज्वेकिस्तानको पीएफसी नासाफ र मलेसियाको सबाह एफसीसँगै समूह सीमा छन्।

एपिएफले पहिलो खेल नासाफसँग अगस्त २५ मै खेल्ने छ भने सबाहसँग अगस्त २८ मा खेल्नेछ। समूह विजेता बने एपिएफले एएफसी च्याम्पियन्स लिग खेल्नेछ।

एपिफले प्रतियोगिताका लागि १ महिनाभन्दा बढी तयारी गरेको थियो। एपिएफमा राष्ट्रिय टिमका सदस्यहरु एन्जिला तुम्बापो सुब्बा, अनिता बस्नेत, अनिता केसी, गीता रानामगरलगायत छन्।

स्टार स्ट्राइकर सावित्रा भण्डारीले पनि घरेलु फुटबल एपिएफबाटै खेल्छिन्, तर उनी व्यसायिक फुटबलका लागि फ्रान्समा रहेकाले यो प्रतियोगितमा भने एपिएफ टिममा हुने छैनन्।