यू–२० साफ : माल्दिभ्सलाई हराउँदै भारत समूह विजेता, नेपालले पायो भुटानलाई प्रतिद्वन्द्वी

23 Aug, 2024
Share:
117 Shares

भारत काठमाडौंमा जारी यू–२० साफ च्याम्पियनसिपमा समूह विजेता बन्दै सेमिफाइनलमा प्रवेश गरेको छ। शुक्रबार दिउँसो सातदोबाटोस्थित एन्फा कम्प्लेक्स मैदानमा भएको खेलमा भाल्दिम्सलाई १–०ले हराउँदै भारत समूह बीको विजेताका रुपमा सेमिफाइनलमा पुगेको छ।

भारतले समूहमा दुवै खेल जित्यो। यो समूहबाट भुटान उपविजेताका रुपमा सेमिफाइनल पुग्दा अंकबिहीन बनेको माल्दिभ्स समूह चरणबाटै बाहिरियो।

योसँगै नेपालले सेमिफाइनलमा भुटानलाई प्रतिद्वन्द्वी पाएको छ। नेपाल समूह एको विजेता हो।

यस्तै अर्को सेमिफाइनलमा भारतले समूह एको उपविजेता बंगलादेशसँग खेल्नेछ।