हालान्डको ह्याट्रिकमा सिटी विजयी

25 Aug, 2024
Share:
117 Shares

अर्लिङ हालान्डको ह्याट्रिक गरेपछि प्रिमियर लिगमा म्यान्चेस्टर सिटी विजयी भएको छ। शनिबार राति भएको खेलमा सिटीले इपस्विच टाउनलाई ४–१ ले हरायो।

खेलमा अग्रता भने इपस्विच टाउनले लियो। उसका सामी स्मोडिसले ७औं मिनेटमा टिमलाई अग्रता दिलाए। तर, त्यसपछि ४ मिनेटमा ३ गोल गर्दै सिटीले खेल आफ्नो पक्षमा बनायो।

सिटीका लागि १२औं मिनेटमा हालान्डले पेनाल्टीमा गोल गर्दै खेलालाई बराबरीमा ल्याएका थिए। १४औं मिनेटमा केभिन डे ब्रुयनाले सिटीलाई अग्रता दिलाए। त्यसको २ मिनेट पछि नै हालान्डाले नै गोल गरेपछि सिटीले ३–१को अग्रता लियो।

८८औं मिनेटमा हालान्डले व्यक्तिगत तेस्रो गोल गर्दै सिटीलाई ४–१को अवस्थामा ल्याए भने नयाँ सिजनमा आफ्नो पहिलो ह्याट्रिक पुरा गरे।

लिगमा सिटीको लगातार दोस्रो जित हो। इपस्विचको भने यो लागतार दोस्रो हार हो।