यू–२० साफ : सेमिफाइलनमा नेपालले भुटानसँग खेल्दै

25 Aug, 2024

काठमाडौंमा जारी यू–२० साफ च्याम्पियनसिपमा आजबाट सेमिफाइनलका खेल सुरु हुँदैछ।

पहिलो सेमिफाइनलमा नेपालले आज भुटानको सामना गर्दैछ। खेल सातदोबाटोस्थित एन्फा कम्प्लेक्सको मैदानमा दिउँसो ३ बजे हुनेछ।

नेपाल समूह ए को विजेताका रुपमा सेमिफाइनल पुगेको हो भने भुटान समूह बीको उपविजेता हो।

समूहमा नेपालले दुवै खेल जितेको थियो। त्यसैले नेपाल सेमिफाइनलमा पनि त्यही लयलाई कायम राख्न चाहन्छ। नेपालले समूह चरणमा श्रीलंकालाई १–० र बंगलादेशलाई २–०ले हराएको थियो।

यता, समूह बीमा भुटानले १ जित र १ हारको सामना गरेको थियो। माल्दिभ्सलाई २–१ले हराएको भुटान भारतसँग १–०ले पराजित भएको थियो।

सोमबार हुने दोस्रो सेमिफाइनलमा भारत र बंगलादेश भीड्ने छन्। फाइनल खेल बुधबार हुनेछ ।

[dsm_facebook_comments page_url=”@ET-DC@eyJkeW5hbWljIjp0cnVlLCJjb250ZW50IjoicG9zdF9saW5rX3VybCIsInNldHRpbmdzIjp7fX0=@” color_scheme=”dark” order_by=”time” _builder_version=”4.24.2″ _dynamic_attributes=”page_url” _module_preset=”default” custom_padding=”0px||0px||false|false” global_colors_info=”{}”][/dsm_facebook_comments]