मडुएकेको ह्याट्रिकमा चेल्सीको सानदार जित

26 Aug, 2024
Share:
117 Shares

इंग्लिस प्रियिमर लिगमा चेल्सीले सानदरा जित निकालेको छ। आइतबार राति भएको खेलमा नोनी मडुएकोको ह्याट्रिक मद्दतमा चेल्सीले वुल्भ्समाथि ६–२को सानदार जित निकाल्यो।

खेलमा दोस्रो मिनेटमा निकोलस ज्याक्सनको गोलम चेल्सीले अग्रता लियो। तर, २७औं मिनेटमा म्याथिस कुन्हाले गोल गर्दै वुल्भ्सलाई खेलमा फर्काए। त्यसपछि कोल पाल्मरले ४५औं मिनेटमा गोल गर्दै पुनः चेल्सीलाई अग्रता दिलाए। इन्जुरी समयको छैठौं मिनेटमा जोर्गेन स्ट्रान्ड लार्सन गोल गर्दै खेलाई २–२को बराबरीमा ल्याए।

दोस्रो हाफमा भने चेल्सी पूर्णरुपमा हावी भयो। त्यसपछि १४ मिनेट अन्तरमा मडुएकेले ह्याट्रि गर्दै चेल्सीलाई ५–२को अस्थामा लाए। उनले ४९, ५८ र ६३औं मिनेटमा गोल गर्दै प्रिमियर लिगमा पहिलो ह्याट्रिक गरेका थिए।

त्यसपछि ८०औं मिनेटमा जोआ फेलिक्सले गोल गरेपछि चेल्सी ६–०ले विजयी भयो। प्रियिमर लिगमा चेल्सीको पहिलो जित हो। पहिलो खेलमा चेल्सीस म्यान्चेस्टर सिटीसँग पराजित भएको थियो।