सामग्रीमा जानुहोस्
बिहिबार, असोज २९, २०८३

प्रिमियर लिगमा लिभरपुल विजयी

इंग्लिस प्रिमियर लिग फुटबलमा लिभरपुलले लगातार दोस्रो जीत निकालेको छ।

आइतबार राति भएको खेलमा लिभरपुलले ब्रेन्टफोर्डलाई २–० गोल अन्तरले पराजित गरेको हो।

लिभरपुलले घरेलु मैदान एनफिल्डमा ब्रेन्टफोर्डविरुद्ध २–० को सहज जीत निकाल्दा लुइस डियाज र मोहमद सलाहले गोल गरेका थिए।

खेलको १३ औं मिनेटमा डियाजले डिएगो जोटाको पासमा गोल गर्दै अग्रता दिलाए। ७० औं मिनेटमा सलाहले डियाजको पासमा गोल गरेपछि लिभरपुल २–० ले विजयी भयो।

जितसँगै २ खेलबाट ६ अंक बनाएको लिभरपुल तालिकाको चौथो स्थानमा छ। ब्रेन्टफोर्डको भने पहिलो हार हो। उसको तालिकामा ३ अंकमात्रै छ।

अर्को खेलमा बोर्नेमाउथ र न्युकासलले १–१ गोलको बराबरी खेलेका छन्। बोेर्नेमाउथका मार्कस तावेनियरले गोल गरेका थिए भने न्युकासल एन्थोनी गोर्डनले गोल गरेका थिए।

1.3Kशेयर