चिलीका भेट्रान गोलकिपर क्वाउडिओ ब्राभोले व्यसायिक फुटबलबाट सन्न्यासको घोषणा गरेका छन्।
ला लिगा क्लब रियल बेटिसबाट व्यवसायिक फुटबल खेलिरहेका ४१ वर्षीय ब्राभोेले सोमबार सामाजिक सञ्जालमार्फत आफ्नो फुटबल करिअर टुंग्याउने घोषणा गरेका हुन्।
पछिल्लो समय चोटले सताइएपछि ब्राबोले व्यवसायिक फुटबलबाट सन्न्यासको घोषणा गरेका हुन्। उनी सन् २०२०मा बेटिसा आबद्ध भएका थिए।
चिलीकै फुटबल क्लब कोलो कोलोबाट उनले २००२मो सिनियर टिममा डेब्यू गरेका थिए। त्यसपछि उनले सन् ३००६–२०१४ सम्म स्पेनिस क्लब रियल सोसिडाडबाट खेलेका थिए। त्यहाँ उनले २३७ खेल खेलेका थिए।
सन् २०१४ मै उनी सोसिडाडबाट बार्सिलोना आएका थिए। बार्सिलोनामा ३ सिजन बिताउँदा उनले ७५ खेल खेलेका थिए। बार्सिलोना उत्कृष्ट प्रदर्शन गरेपछि उनी चर्चामा आएका थिए। बार्सिलोनामा उनी प्रशिक्षक पेप ग्वार्डिओलाका प्रिय खेलाडी थिए।
सन् २०१६मा ग्वार्डिओला इंग्लिस क्लब सिटीका प्रशिक्षण बनेलगत्तै उनले ब्राभोलाई सिटी भित्र्याएका थिए। सिटीमा उनले पहिलो सिजन उत्कृष्ट प्रदर्शन गरे। तर, त्यसपछि उनको प्रदर्शन खस्किएको थियो। त्यसपछि तीन सिजन सिटीमा बेन्चमै रहेका थिए। सिटीमा उनले ६१ खेल खेलेका थिए।
सन् २००४मा चिलीको टिममा डेब्यू गरेका ब्राभोले कुल १५० खेल खेलेका छन्। सन् २०१५ र १६मा चिलीलाई कोपा अमेरिका उपाधि दिलाउन ब्राभोको भूमिका महत्वपूर्ण थियो। चिलीले दुवै फाइनलमा अर्जेन्टिनालाई हराएको थियो।
उनले करिअरमा कोपा अमेरिका, च्याम्पियन्स लिग, ला लिगा, प्रिमियर लिग गरी कुल १८ उपाधि जितेका छन्।