यू–२० साफ च्याम्पियनसिपको ट्रफि सार्वजनिक

27 Aug, 2024
Share:
117 Shares

काठमाडौंमा जारी यू–२० साफ च्याम्पियनसिपाको ट्रफि सार्वजनिक गरिएको छ।

मंगलबार सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा साफ यू–२० च्याम्पियनसिपको ट्रफि सार्वजनिक गरिएको हो।

साफ यू–२० च्याम्पियनसिप फुटबल प्रतियोगिताको पहिलो सेमिफाइनलको छिनोफानो टाइब्रेकरबाट भएको थियो भने जसमा भुटानलाई ४–१ ले हराउँदै नेपालले फाइनलमा स्थान सुरक्षित गरेको हो।

नेपाल र भुटानबीचको निर्धारित ९० मिनेटको खेल १–१ को बराबरीमा सकिएको थियो ।

साविक विजेता भारतलाई हराउँदै बंगलादेश साफ यू–२० च्याम्पियनसिप फुटबलको फाइनलमा पुगेको हो।

सोमबार भएको सेमिफाइनलमा बंगलादेशले भारतलाई टाइब्रेकरमा पराजित ग¥यो । बंगलादेशले उपाधिका लागि नेपालसँग खेल्नेछ।