अखिल नेपाल फुटबल संघ (एन्फाले) प्रत्येक वर्ष उत्कृष्ट महिला र पुरुष खेलाडीलाई कार परदान गर्ने भएको छ।
एन्फाको मंगलबार र बिहीबार बसेको कार्यसमितिक बैठकले प्रत्येक वर्ष महिला तथा पुरुषको उत्कृष्ट खेलाडी घोषणा गरी प्रोत्साहन स्वरुप कार प्रदान गर्ने निर्णय गरेको हो।
यस्तै, उत्कृष्ट रेफ्री र प्रशिक्षकलाई जनही २ लाख रुपैयाँ र मोटरसाइकल÷स्कुटर तथा लाइफ टाइम एचिमभेन्ट अवार्ड स्वरुप ५ लाख रुपैयाँ र मोटरसाइकल÷स्कुटर प्रदान गर्ने निर्णय पनि बैठक गरेको छ।
एन्फले उत्कृष्ट खेलाडी, रेफ्री तथा प्रशिक्षक छनोटका लागि एन्फा केन्द्रिय सदस्य पुरुषोत्तम थापाको संयोजकत्वमा हरि खड्का र सञ्जिव मिश्र सदस्य रहने गरी तीन सदस्यीय समिति गठन गरेको छ।