डिफेन्डिङ च्याम्पियन रियल मड्रिडले ला लिगामा खराब सुरुआत गरेको छ। लिगमा तेस्रो चरण सकिँदा रियलले ५ अंक मात्र जोड्न सकेको छ। अपराजित रहेपनि उसले तीन खेलमा महत्वपूर्ण ४ अंक गुमाएको छ।
बिहीबार राति भएको खेलमा पनि आफ्नो क्षमता अनुसार प्रदर्शन गर्न नसकेको रियल लस पाल्मससँग १–१को बराबरीमा सकियो।
खेलमा घरेलु मैदाना अग्रता पाल्मसले लियो। पाचौं मिनेटमा अल्बर्टो मोलेइरोले गोल गरेका थिए। ६९औं मिनेटमा भिनिसिय जुनियरले रियलका लागि बराबरी गोल गरेका थिए। उनले पेनाल्टीमा गोल गरेका हुन्।
खेलम रियलले पाल्मसको पोस्टमा २५ सट प्रहार गर्दा ८ सट फ्रेममा थियो। उसका केही उत्कृष्ट प्रहार पाल्मसका गोलकिपर सिलिन्सनले उत्कृष्ट बचाउ गरेका थिए।
यता, रियलसँगै स्टार स्ट्राइकर किलियन एम्बाप्पेको प्रदर्शन पनि ला लिगामा सुखद हुन सकेको छैन। रियलका लागि डेब्यू खेलमै गोल गरेका उनी ला लिगामा भने तीन खेलमा गोल गर्न असफल छन्।
यस्तै, अर्को खेलमा जिरोना विजयी भयो। उसले ओसासुनालाई ४–०ले हरायो।