हालान्डको लागतार दोस्रो ह्याट्रिकमा सिटीको जित, आर्सनल रोकियो

1 Sep, 2024

नर्वेजियन स्ट्राइकर अर्लिङ हालान्डले प्रिमियर लिगमा लागतार दोस्रो खेलमा ह्याट्रिक गरेका छन्। हालान्डको ह्याट्रिक मद्दतमा प्रियिमर लिगमा सिटीले वेस्टह्यालाई ३–१ले हरायो।

यो ह्याट्रिकसँगै हालान्ड ब्रेन्टफोर्डका पावल जेवेलपछि प्रमियर लिगमा सुरुआती ३ खेलमा २ ह्याट्रिक गर्ने खेलाडी बनेका छन्। जेवेलले १९९४–९५मा यो उपलब्धि हाँसिल गरेका थिए।

खेलम १०औं मिनेटमा बर्नार्डो सिल्भाको पासमा हालान्डको गोलमा गर्दै सिटीलाई सुरुआती अग्रता दिलाए। १९औं मिनेटमा रुबेन डियासले आत्मघाती गोल गरेपछि खेल १–१को बराबरीमा आयो। तर, ३०औं मिनेटमा रिको लुइसको पासमा हालान्डले गोल गर्दै सिटीलाई पुनः अग्रता दिलाए।

पहिलो हाफ २–१मै सकियो। वेस्टह्याममाथि निरन्तर दबाब बनाएको सिटीले ८३औं मिनेटम म्याथिस नुनेजको पासमा हालान्डले गोल गर्दै सिटीलाई जित दिलाए भने आफ्नो सिजनको दोस्रा् ह्याट्रिक पुरा गरे।

लिगमा सिटीको लागतार तेस्रो जित हो। योसँगै वेस्टह्यामविरुद्ध सिटीले आफ्नो अपराजित यात्रालाई १७ खेलसम्म कायम राखेको छ।

त्यसअघि भएको खेलमा आर्सनल बराबरीमा रोकिएको छ। सुरुआती अग्रता जोगाउन नसक्दा ऊ ब्राइटनसँग १–१को बराबरीमा रोकिएको हो।

आर्सनललाई ३८औं मिनेटमा काइ हाभर्ट्जले गोल गर्दै अग्रता दिलाएका थिए। ४९औं मिनेटमा डेक्लन रइस दोस्रो पहेँलो कार्ड खाँदै मैदानबाट बाहिरिएपछि आर्सनल १० खेलाडीमा समेटिएको थियो। त्यसको फाइदा ब्राइटनले उठाउयो। ५८औं मिनेटमा जोआ पेड्रोले ब्राइटनका लागि बराबरी गोल गरेका थिए।

अन्य खेलमा २ गोलले पछि परेको अवस्था उल्टाउँदै बोर्नेमाउथले एभर्टनमाथि ३–२को जित निकाल्दा एस्टनभिल्लाले लेस्टरसिटीलाई २–१ले हरायो। यस्तै, ब्रेन्टफोर्डले साउथह्याम्पटनलाई ३–१ले हराउँदै नटिङहम फरेस्ट र वुल्भ्स तथा इपस्विच टाउन र फुलहमले समान १–१ गोलको बराबरी खेले।