बुन्डेस लिगामा लेभरकुसनको अपराजित यात्रा रोकियो, लेइपजिगसँग पराजित

1 Sep, 2024
Share:
117 Shares

जर्मन बुन्डेस लिगमा बायर लेभरकुसनको अपराजित यात्रामा पूर्णविराम लागेको छ। अघिल्लो सिजन अपराजित रहँदै बुन्डेस लिग जितेको लेभरकुसन नयाँ सिजनको दोस्रो खेलमै पराजित भयो।

लेभरकुसनको अपराजित यात्रालाई आरबी लेइपजिगले तोडेको हो। लेइपजिगले लेभरकुसनविरुद्ध २ गोलले पछि परेको अवस्था उल्टाँदै ३–२को जित निकालेको हो।

३८औं मिनेटमा जेरेमी फ्रिङपोङको गोलमा लेभरकुसले अग्रता लियो। ४५औं मिनेटमा अलेजान्द्रो गिर्माल्डोले गोल गर्दै लेइपजिगको अग्रता दोब्बर बनाए। पहिलो हाफकै इन्जुरी समयको सातौं मिनेटमा केविन काम्पलले गोल गर्दै लेइजिगलाई २–१को अवस्थामा ल्याए।

दोस्रो हाफमा लुइस ओपेन्डा चम्किएपछि लेइपजिग विजयी भयो। ओपेन्डाले ५७औं मिनेटमा गोल गर्दै खेलालाई २–२को बराबरीमा ल्याएका थिए। त्यसपछि ८०औं मिनेटमा गोल गर्दै उनले टिमलाई ३–२को पुनरागमन जित दिलाए।

यस्तै, अन्य खेलमा फ्रांकफर्टले होफेनहेइमलाई ३–१ले हराउँदा वुल्फ्सबर्गले होल्सटेइन केइललाई २–०ले हरायो। बोरुसिया डर्टमन्ड वेन्डरसँग गोलरहित बराबरीमा रोकिँदा माइन्ज र स्टुटगार्डले ३–३ गोलको बराबरी खेले।