एम्बाप्पेले खोले ला लिगामा गोलको खाता, रियल विजयी

2 Sep, 2024
Share:
117 Shares

फ्रेन्च स्ट्राइकर किलियन एम्बाप्पेले ला लिगामा गोलको खाता खोलेका छन्। यसै सिजन फ्रि ट्रान्सफरमा पिएसजीबाट रियल आएका एम्बाप्पे चौथो खेलमा ला लिगामा गोलको खाता खोलेका हुन्।

एम्बाप्पेले गोल गरेको खेलमा रियल मड्रिडले घरेलु मैदानमा रियल बेटिसमाथि २–०को जित निकाल्यो। दुवै गोल एम्बाप्पेले नै गरेका थिए।

पहिलो हाफ गोलरहित बराबरीमा सकिएको खेलमा ६७औं मिनेटमा एम्बाप्पेले रियललाई अग्रता दिलाए। उनले फडेरिको भाल्भर्डेको उत्कृष्टमा पासमा गोल गरेका थिए।

त्यसपछि ७५औं मिनेटमा एम्बाप्पेले नै गोल गरेपछि रियलले २–०को अग्रता लियो। भिनिसियस जुनियरलाई बेटिसका किपरले लगाएपछि प्राप्त पेनाल्टीमा एम्बाप्पेले गोल गरेका थिए। रियलमा पहिलो पेनाल्टी टेकर भिनिसियस थिए। तर, उनले एम्बाप्पेलाई पेनाल्टी प्रहारको अवसर दिएका थिए।

यो जितसँगै रियल ४ खेलमा ८ अंकसहित दोस्रो स्थानमा छ। समान खेलमा १२ अंक जोडेको बार्सिलोना पहिलो स्थानमा छ।