महिला लिगमा चन्द्रपुर र कर्णाली प्रदेशले खेले बराबरी

3 Sep, 2024
Share:
117 Shares

जारी महिला लिगमा चन्द्रपुर नगरपालिका र कर्णाली प्रदेशले बराबरी खेलेका छन्। मंगलबार एन्फा कम्प्लेक्स मैदानम भएको खेलमा दुवै टिमले १–१ बराबरी खेलेका हुन्।

खेलमा सुरुआती अग्रता कर्णालीले लियो। ७औं मिनेटमा सुनकला राईले गोल गरेकी थिइन्। पहिलो हाफको इन्जुरी समयमा रजनी थोकरले गोल गर्दै चन्द्रपुरलाई खेलमा फर्काइन्।

तर, दोस्रो हाफमा दुवै टिमबाट गोल नहुँदा खेल १–१कै बराबरीमा सकियो।